काठमाडौं उपत्यकामा संक्रमण दर न्यून


६ असार २०७८, आईतवार
koronav 1

काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०१, भक्तपुर मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना सङ्क्रमण भएको हो ।

अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्रमण भएको थियो । निषेधाज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको कोरोना सङ्क्रमण केही दिनयता भने निरन्तर ओरालो लागिरहेको छ ।

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्रमण दर न्यून हुँदै गएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७