फ्रान्स समूह विजेता, पोर्चुगल पनि अन्तिम १६ मा


१० असार २०७८, बिहीबार
France vs Portugal1624483180

काठमाडौं, १० असार । जारी युरोकप फुटबलमा साविकको विजेता टोली पोर्चुगलले नकआउट चरणमा स्थान बनाएको छ ।
बुधबार राति भएको खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलको हो । पुस्कार एरिनामा पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यता फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे ।

खेलमा पोर्चुगलले अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्यूरी समयमा फ्रान्सका लागि करिम बेन्जिमाले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याए ।

खेलको ४७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै टिमलाई २–१ गोकलो अग्रता दिलाए । ६० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई २–२ गोलको बराबरी दिलाए । बराबरीसँगै पोर्चुगलले समूहमा ४ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्‍यो । यता फ्रान्स भने तालिकाको शीर्ष स्थानमा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७