नेपालले स्पेनमा खेल्ने त्रिदेशीय क्रिकेट श्रृंखला रद्द


१० असार २०७८, बिहीबार
Nepali Cricket Team uK64e6KnLN

काठमाडौं, १० असार । स्पेनमा हुने भनिएको नेपाल सम्मिलित त्रिदेशीय क्रिकेट श्रृंखला स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले श्रृंखला रद्द भएको जानकारी दिएका हुन् ।

आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीच एक दिवसीय श्रृंखला हुने तय भएको थियो । क्यानले श्रृंखलाका लागि भन्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । तर कोरोना महामारीको प्रभावलाई मध्यनजर गर्दै श्रृंखला जुलाई २०२२ सम्म स्थगित गरिएको हो ।

5f21c209 bec2 4675 a1f0 1fe89309eb51

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७