क्रियाशील सदस्यता विवाद सुल्झाउन कांग्रेस पदाधिकारी बैठक बस्दै


१३ असार २०७८, आईतवार
congress karya samiti

काठमाडौं, १३ असार । नेपाली कांग्रेसले पदाधिकारी बैठक आज (आइतबार) बोलाइएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

यस्तै पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठ वटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै भएको छैन भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरेको छैन ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन ।

बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन । छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको थियो ।

यो समय हिजै सकिएको छ । क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ र १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा कांग्रेसभित्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७