कोपा अमेरिका : ब्राजिल र इक्वेडर बराबरीमा


१४ असार २०७८, सोमबार
copa america

काठमाडौं, १४ असार । कोपा अमेरिका फुटबलमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । ब्राजिलको गोयानियामा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३७ औं मिनेटमा इडर मिलिताओले गोल गर्दै ब्राजिललाई अग्रता दिए । तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । बराबरीसँगै ब्राजिलको १० खेल लामो विजयी श्रृंखला तोडिएको छ । तर पनि ब्राजिल कोपा अमेरिकाको समूह ‘बी’ मा शीर्ष स्थानमा रहन सफल भयो ।

४ खेलबाट उसको १० अंक भएको छ । समान खेलबाट ७ अंक जोडेको पेरु, ४ अंक जोडेको कोलम्बिया र ३ अंक जोडेको इक्वेडर पनि क्वाटर फाइनलमा प्रवेश गरेका छन् । समूहका ४ खेलबाट २ अंक मात्रै जोडेको भेनेजुएला भने बाहिरएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७