भारतमा पछिल्लो २४ घण्टामा थपिए ४५ हजार कोरोना संक्रमित


१६ असार २०७८, बुधबार
korona india 1

नयाँदिल्ली, १६ असार । भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ४५ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय १६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९८ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ९४ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ करिब ११ हजार संक्रमित थपिएका छन् भने २९४ जनाको मृत्यु भएको छ । तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८५ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ६४ हजारभन्दा बढी संक्रमित थपिँदा १९ सय १७ को मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७