स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा


१९ असार २०७८, शनिबार

काठमाडौं, १९ असार । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

खेलको आठौँ मिनेटमा नै स्विट्जरल्याण्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औं मिनेटमा स्विट्जरल्याण्डले गोल गर्दै खेललाई बराबरी बनायो । स्विट्जरल्याण्डका फ्रियुलर रेड कार्ड पाउँदै मैदान बाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो ।

खेलको १२० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्विट्जरल्याण्डको लगातार तीन पेनाल्टी स्पेनका किपरले रोकेपछि हार बेहोरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७