करेन्ट लागेर तीन जनाको मृत्यु


२० असार २०७८, आईतवार
current

इलाम, २० असार । करेन्ट लागेर बारा, ताप्लेजुङ र इलाममा तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–७, सन्फुलवा बस्ने ३० वर्षीय मुन्ना्प्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२, पुल्चोकस्थित सुन्तली हाइड्रोपावरमा काम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय प्रमोद कुँवरको काम गर्ने क्रममा अचानक करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ बस्ने ४० वर्षीय प्रविन राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । माई नगरपालिका–४ स्थित घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि माई नगरपालिकाको तारा मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७