स्पेनलाई पेनाल्टीमा हराउँदै इटली युरोकप फुटबलको फाइनलमा


२३ असार २०७८, बुधबार
Soccer Football – Euro 2020 – Semi Final – Italy v Spain – Wembley Stadium, London, Britain – July 6, 2021 Italy players celebrate reaching the final after winning the penalty shoot-out Pool via REUTERS/Laurence Griffiths

काठमाडौं, २३ असार । इटली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङल्याण्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४–२ गोलले पराजित भयो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन ।

पेनाल्टी सुटआउटमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्ने छ । इङल्याण्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७