होलीमा खुकुरी हानेर हत्या


१८ फाल्गुन २०७४, शुक्रबार
pujaariko hatyaa

कैलाली, १८ फागुन : कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी बिहीबार राति हत्या गरिएकोे छ ।pujaariko hatyaa

सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । पहाडी जिल्ला र तराइका जिल्लामा छुट्टाछुट्टै दिन होली पर्व मनाउने गरिए पनि कैलाली र कन्चनपुर जिल्लामा दुवै दिन होली मनाउने चलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७