टोकियो ओलम्पिक : पौडीतर्फ १७ वर्षीया किशोरीले जितिन् स्वर्ण


१२ श्रावण २०७८, मंगलवार
119596826 lydiajacoby WFKdsbJTi6

काठमाडौं, १२ साउन । ल्याडिया जाकोबीले अमेरिकाका लागि पौडीको १ सय मिटर ब्रेस्टस्ट्रोकतर्फ स्वर्ण दिलाएकी छिन् । १७ वर्षीया यी किशोरीले १ मिनेट ०४ दशमलव ९५ सेकेन्डमा निर्धारित दूरी पौडेर पूरा गरिन् । दक्षिण अफ्रिकाकी तात्जाना सोइनमेकर दोस्रो र गत संस्करणकी विजेता लिले किङ तेस्रो भए ।

ओलम्पिकमा अमेरिकाको अलास्का राज्यका लागि यो पहिलो स्वर्ण हो । अलास्का राज्य अमेरिकाको दुर्गम क्षेत्र मानिन्छ र यहाँ ओलम्पिक प्रयोग हुने आकारको एउटै मात्र स्विमिङ पुल छ । त्यो स्विमिङ पुल जाकोवीको घरबाट १२५ माइल्स टाढा पर्छ । ‘म पागल भएकी छु । पक्कै पनि म मेडलको दौडमा थिएँ । तर, खासमा स्वर्णकै अपेक्षा भने गरेकी थिइँन । टाउको उठाएर स्कोरबोर्डमा हेर्दा म नाजवाफ भएँ,’ स्वर्ण जितेपछि उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७