मदन पुरस्कारका लागि नौ पुस्तक सिफारिस


१५ श्रावण २०७८, शुक्रबार
madan puraskar 2077 shortlist tsU8Dn8hFg

काठमाडौं, १४ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि विभिन्न नौं पुस्तकहरू छनौट गरेको छ । गुठीका अनुसार पुरस्कार प्रदान गर्ने प्रयोजनका निम्ति गुठीलाई कूल २२२ पुस्तकहरू प्राप्त भएका थिए ।

यी पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई नौं पुस्तकको नाम उपलब्ध गराएको थियो ।

गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीले जनाएको छ । छनौटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७