कर्णालीका पदमुक्त सांसदले मन्त्री पदबाट राजीनामा नदिने


१९ श्रावण २०७८, मंगलवार
karnali pradesh samsad

सुर्खेत, १९ साउन । कर्णाली प्रदेशका पदमुक्त सांसदले मन्त्री पदबाट राजीनामा नदिने भएका छन् । सर्वोच्च अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई सदर गरे पनि सरकारमा सहभागी तीन मन्त्री कायम रहने भएका छन् ।

गएको वैशाख ३ गते संसदीय दलको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले चार जना सांसदलाई पदमुक्त गरेको थियो । त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीले ज्वाला बाहेकलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीको पद जोगाई दिएका तीन सांसदले भने जेठ ५ गते सांसदका रुपमा सथप खाएका थिए भने सांसदबाट मुक्त भएपछि जेठ १५ गते नागरिकको हैसियतमा सपथ लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७