सांसदको सपथमा विविधतामय देशको बिम्ब (फोटो फिचर)


२० फाल्गुन २०७४, आईतवार
Nabina Lama 1

काठमाडौं, २० फागुन : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघिदेखी नै सुनसान जस्तो बनेको काठमाडौं बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार रौनक छायो । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमले संघीय संसद भवनमा रौनक छाएको होे । आइतबार संघीय संसदमा विविधतापूर्ण देशको बिम्ब देखिन सकिन्थ्यो । सांसदहरु बिभिन्न जातिय भेषभुषामा सजिएर आएका थिए ।

आइतबार सांसदहरु आ–आफ्नै रोजाईका भेषभुषामा ठाटिएर आएका थिए । आ–आफ्नै भेषभुषा, रीति, संस्कृति र भूगोलको पहिचान अनुरुपका कपडामा संसदहरु सजिएर आएका थिए । संसदमा महिला, खस–आर्य, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्र सबैको प्रतिनिधित्व छ । समावेशी–समानुपातिक प्रतिनिधित्वको वाध्यकारी व्यवस्थाले पनि संसदलाई सांस्कृतिक विविधताको थलो बनाएको हो । अझ, आइतबार सांसदहरुले आ–आफ्नो पहिचान झल्काएर विविधतामा एकताको प्रदर्शन गरे ।

सांसदहरु नेपाली पोसाक र जातीय पहिचान झल्कने भेषभूषामा ठाँटिएर संसद भवन पुगेका थिए । पूर्वसभामुख ओनसरी घर्तीदेखि नव–प्रवेशी नविना लामा, शान्त चौधरी लगायतका सांसदहरु आफ्नो जातिय पोशाकमा पुगेका थिए । अधिकांस पुरुष सांसदले दौरासुरुवाल लगाएका थिए

संसदीय दलका नेता केपी ओलीको निर्देशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद दौरा–सुरुवाल र साडी–चोलोमा थिए । कांग्रेसका सांसदले पनि औपचारिक पोशाकलाई प्राथमिकता दिँदा माओवादी केन्द्रका प्रायः पुरुष सांसद भने कोर्ट–पाइन्टमा देखिए । मधेसबाट प्रतिनिधित्व गर्ने सांसद स्थानीय भेषभुूषामा सजिएका थिए ।

सबै भाषा, सँस्कृति, भूगोल, जाति र क्षेत्र समाटिएको संसदमा आइतबार आकर्षणको केन्द्रमा सांसद तथा गायिका कोमल वलीदेखि पूर्व डीआइजी नवराज सिलवाल पनि रहे । विगतमा पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा छाइरहने उनीहरुप्रति आइतबार नेपालका धेरै मिडियाहरु समेत आकर्षित भइरहेको देख्न सकिन्थ्यो ।

हेर्नुहोस् फोटो फिचर :-

Yogesh Bhattarai and sujita shakya

Nabina Lama 1

Yogesh Bhattarai 1

KP oli

Nabina Lama 2

Ram Kumari Jakri

Nabina Lama 3

Nepal MP

oli parchanda

Top Leader of Nepal

Nabina Lama 4Yogesh Bhattarai 2Sujita Shakya

Nabina Lama

LP sawa

Prem Ale 2 Prem Ale 1

Gokul Baskota

Onsari Gharti 1

Yogesh Bhattarai

Parliment of Nepal

Nepal parliment

Nepal

Mahanta Thakur
तस्बिरहरु :- रासस, सामाजिक सञ्जाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७