यूईएफए सुपर कपको उपाधि चेल्सीलाई


२८ श्रावण २०७८, बिहीबार
chelsi myUb1FrT8O

काठमाडौं, २८ साउन । चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो ।

यूईएफए सुपर कप आयरल्यान्डमा भएको हो । कोभिड–१९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७