गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्छ : सांसद सुरेश कुमार राई {भिडियाे}


२९ श्रावण २०७८, शुक्रबार
sureshkumar Rai

काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहिबार बसेको बैठक विशेष समयमा बोल्दै उनले असमान सन्धिसम्झौता समयसापेक्ष अनुसार संसोधन हुँदैन भने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘गोर्खा भर्ती असमान सन्धि भयो, समय सापेक्ष अनुसार संम्झौता हुनुहुनुपर्छ, हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदी समयसापेक्ष, २१ औँ शदाब्दी अनुसार संसोधन हुँदैन भने गोरखा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस् ।’
लगभग २०७ वर्षअघि गोरखा भर्तीसंग सम्बन्धित भएको असमान सन्धि समयसापेक्ष संशोधन नहुँदा गोरखा भर्ती केन्द्र कायम राख्न आवश्यक नरहेको बताए ।

उनले ‘विगतको शासकले सत्ता टिकाउनको लागि गरेको देश जनता विरोधी सन्धी सम्झौता गरेका छन्, त्यस अन्तर्गत गोर्खा भुपुहरुलाई नेपालले १८१४ र १६ को युद्ध हारिसकेपछि असमान अस्थाई सम्झौता मार्फत १३२ वर्षसम्म भाडाको सिपाईको रुपमा युद्धमा लडाइयो । लाखौँ अपाङ्ग छन्, घाइते छन् । उनीहरुले ३२ वर्षेदेखि सर्घष गरिरहेका छन् । अहिले भूपुहरुले १३ रिले अनसन गरिरहे, आमरण अनसनको ६ दिन भइसकेको छ ।’

समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका छन् ।

यस्तै उनले उदयपुरको त्रियुगा नगरपालिका–५ का १६ बर्षिय कृशला चौधरीको बलात्कारपछि हत्या गरिएको हत्यारा पत्ता लगाउनु सरकारलाई ध्वानाकर्षण गराएका छन् ।

उनले भने,‘बलात्कारपछि हत्याको श्रङखला रोकिएको छैन् । साउन १३ गते दिउँसो घरबाट निस्किएकी त्रियुगा नगरपालिका–५ प्रेम कुमार चौधरीको १६ बर्षिय कृशला चौधरीको बलात्कारपछि निर्मतापुर्वक हत्या गरिएको छ । अहिले सम्म बलात्कारीहरु पत्ता लागेको छैन । सरकारले छिटो कानुनको दायर ल्याउन सरकारलाई अनुरोध गर्दछु ।’

चौधरीको शव पाँच दिन पछि चुरे क्षेत्रमा शव नचिनिने क्षतविक्षत अवस्थामा भेटिएको थियो । उनको बलात्कार पछि एसिड प्रहार गरी हत्या गरिएको थियो । अहिले सम्म हत्याराको पहिचान हुन सकेको छैन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७