सन्दीप लामिछानेले सीपीएल गुमाउने निश्चित


२ भाद्र २०७८, बुधबार
Sandeep Lamichhane सन्दीप लामिछाने

काठमाडौं, २ भदौं । नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि शुरु हुने वेष्ट इन्डिजको चर्चित लिग सीपीएल सन्दीपले गुमाउने पक्का भएको हो ।

विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिदेशीय श्रृङ्खला खेल्न नेपाली टोली अगष्ट अन्तिममा ओमान प्रस्थान गर्दैछ । सीपीएल पनि अगष्ट २६ तारिख देखि नै शुरु हुँदैछ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग २ वटा एक दिवसीय खेल खेल्ने छ ।

सन्दीप यो पटक सीपीएलको लागि ट्रिनबागो नाइट राइडर्समा आवद्ध थिए । यसअघि भिसाका कारण सन्दीपले बेलायतको द हन्ड्रेड प्रतियोगिता पनि गुमाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७