यस्तो बन्यो करिश्मा अभिनित ’हिरोज’काे ट्रेलर


२१ फाल्गुन २०७४, सोमबार
heroroj

काठमाडौं, २१ फागुन । पुर्णिमा लामाको प्रस्तुति रहेको चलचित्र ’हिरोज’को ट्रेलर सार्बजनिक भएको छ । एक कार्यक्रममा चलचित्रको ट्रेलर र ४ गीत प्रस्तुत गरिएको थियो । जसमध्ये ट्रेलर मात्रै युट्युब मार्फत सार्बजनिक गरिएको छ ।heroroj
ट्रेलरमा निकै लामो समय पछि सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई देख्न सकिन्छ, साथै ट्रेलरमा मुकेश ढकाल, दिनेश डिसी, जयकिशन बस्नेत, पुर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति लगायतका कलाकारहरु अटाएका छन् ।

एनवि मर्हजन निर्दे्शित ’हिरोज’लाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेको हुन् भने चलचित्रमा कमल राई, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । चलचित्र चैत्र २३ गते प्रर्दशनमा आउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७