सन्दीपको होबार्ट हरिकेन्ससँगको सम्झौता नवीकरण


१० भाद्र २०७८, बिहीबार
sandeep lamichhane

काठमाडौं, १० भदौं । बिग ब्यास टोली होबार्ट हरिकेन्सले राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगको सम्झौता नवीकरण गरेको छ ।

सम्झौता नवीकरणसँगै सन्दीपले अस्ट्रेलियाको चर्चित लिग बिग ब्यास (बीबीएल)को ११औँ संस्करण होबार्ट हरिकेन्सबाट नै खेल्ने भएका हुन् । सन्दीपले गत वर्ष होबार्टबाट नै बीबीएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए ।

त्यसअघिका दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले नवौं संस्करणको बीबीएलमा मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । सो वर्ष सन्दीपले ८ खेलमा ११ विकेट झारेका थिए । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि सन्दीप अहिले ओमानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७