भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदय घातबाट निधन


१७ भाद्र २०७८, बिहीबार
sidharth shukla SnOiXIrjyq

मुम्बई, १७ भदौं । भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको निधन हृदयघातबाट भएको हो । ४० वर्षीय उनी भारतको चर्चित टेलिभिजन शो बिग बोस–१३ का विजेता पनि थिए ।

चर्चित टेलिश्रृखंला ‘बालिका बधु’ बाट उनी नेपाली माझ पनि चर्चामा आएका थिए । उनले कयौं बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । सिद्धार्थको पार्थिव शरीरलाई अहिले मुम्बईको कुपर अस्पतालमा राखिएको छ ।

त्यही उनको पोस्टमार्टम गरिँदैछ । उनी बुधबार राति औषधि खाएर सुतेका थिए । तर उनले के औषधि लिएका थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७