बुढा भएकै हुन् निर्देशक छवी ओझ ? पूर्व पत्नी रेखाले भनिन् ‘छबी बा’


२३ फाल्गुन २०७४, बुधबार
rekha thapa chhabi raj ojha 1

काठमाण्डौं, २३ फागुन : चलचित्र निर्देशक छवी ओझा र नायिका शिल्पा पोखरेलबीच विवाहको कुरा चलिरहेको छ । विवाहको संघारमा रहेका बेला छवीकी पूर्व पत्नी रेखा थापाले यहि बेला छवीलाई ‘छबी बा’ भनेकी छन् । उनको अर्थ अरु नै केहि भए पनि यसले छवीको उमेर ढल्किँदै गएको पनि संकेत गरेको छ ।rekha thapa chhabi raj ojha 1

अभिनेत्री रेखा थापा र निर्माता तथा निर्देशक छवि ओझाबीच सम्बन्धविच्छेद भए पनि सम्झना विच्छेद चाहीं अझै भईनसकेको सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरुले स्पष्ट पार्छ । हिजोआज रेखा थापा छवि ओझाले गरेका हरेक काम तथा चलचित्र क्षेत्रमा जोडिएका विषयवस्तुमा समर्थन जनाउँदै हौसला बढाउने गर्छिन् । करीब १० बर्षे वैेवाहिक जीवन बिताएका यी दुईबीच कुरा मिल्न छाडेपछि आ–आफ्नो हिसाब–किताब मिलाएर उनीहरु अलग्गिएका थिए । त्यसो त डिभोर्सपछि पनि रेखाको छविसँग अंकमाल गरेका तस्विरहरु सार्वजनिक भएका थिए । यो कपल अहिले पनि गसिपबाट टाढा छैनन् भन्ने रेखा थापाको पछिल्लो अभिव्यक्तिले जनाउँछ ।

रेखाको जन्मदिनमा छवि उपस्थित हुनु र छविको जन्मदिनमा रेखाले शुभकामना दिनु जस्ता क्रियाकलापले पनि यी दुईले पूरानो दुष्मनी भुल्दै गएको अनुमान पनि लगाउन थालिएको छ । अभिनेत्री थापाले हालै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै छविको समर्थन जनाउँदै नम्बर वान प्रोड्युसरको संज्ञा दिएकी छिन् । आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छवि ओझा निर्मित फिल्म ‘मंगलम’ टिमलाई अभिनेत्री थापाले शुभकामना पनि दिएकी छिन् ।rekha

फेसबुकमा फिल्मको ट्रेलर शेयर गर्दै उनले लेखेकी छन्– ‘नेपाली फिल्म क्षेत्रका बाले बनाएको फिल्म ‘मंगलम’ यहि शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शनमा आउँदैछ । छवि बा र ‘मंगलम’ को सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।’ त्यस्तै, उनले अंग्रेजीमा लेखेकी छिन्–‘छवि ओझा यु आर अलवेज नम्बर वान प्रोड्युसर ।’ यो स्टाटसले पनि छविसँगको उनको मित्रतालाई थप स्पष्ट पारिदिएको छ । यसै वर्ष प्रदर्शनमा आएको रेखा अभिनित तथा निर्मित फिल्म ‘रुद्रप्रिया’ को प्रिमियरमा छविराज, अभिनेत्री शिल्पा पोखरेलसँग कुमारी हल पुगेका थिए । चलचित्र क्षेत्रमा यस्ता गसिप सामान्य जस्तै पनि हुन् । चलचित्र प्रदर्शनको समय आउने बेला निर्माता तथा निर्देशकहरुले विभिन्न हंगामा तथा ह्वीम फैलाउने गरेको पाइन्छ । यसको पछाडि उनीहरुको एउटै कारण हुन्छ– दर्शक बटुल्ने दाउ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७