सिटी एक्सप्रेसको ‘सिटी आयो, लखपति बनायो’ उपहार योजना घोषणा


३१ भाद्र २०७८, बिहीबार
cut

काठमाडौं, ३१ भदौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपाली चाडहरु वडादशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहक वर्गसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘सिटी आयो, लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन एक जना विजेतालाई १० हजार उपहार प्रदान गरिने छ । साथै हरेक महिना पाँच जनालाई एक–एक लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार यस ‘सिटी आयो, लखपति बनायो’ अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७