एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन


१ आश्विन २०७८, शुक्रबार
Durga bk rSjBPYrA7c

धनगढी, १ असोज । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छिन् ।
संसदीय दलको बिहीबार बसेको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको संसदीय दलका नेता दीर्घबहादुर सोडारीले जानकारी दिए । विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै सोडारीले प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

नेकपा एमालेमा भएको विभाजनपछि सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सभामा उसका १४ सांसद छन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ । एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७