टोटेनहमलाई हराउँदै चेल्सी शीर्ष स्थानमा


४ आश्विन २०७८, सोमबार
242211839 1272437433193933 5210581284246058002 n H4oqjPobTp

काठमाडौं, ४ असोज । प्रिमियर लिग फुटबलमा चेल्सीले टोटेनहममाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन थाइगो शिल्भा, एन्गोलो कान्टे र एन्टेनियो रुर्डिगेरले समान एक–एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ४९औं मिनेटमा शिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५७ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलको इन्ज्यूरी समयमा रुर्डिगेरले गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए ।

जितसँगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ । चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित टोटेनहम ९ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७