पानीमा डुबेर एक बालकको गयो ज्यान


९ आश्विन २०७८, शनिबार
Dubera bepatta
सांकेतिक तस्विर

अछाम, ९ असोज । अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका–१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालकको ज्यान गएको ढकारी प्रहरी चौकीका इञ्चार्ज लालसिंह विष्टले जानकारी दिए । स्थानीय अमरे बुढाले भैंसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७