सुनिल गिरीले ल्याए ‘को होला त्यो ३’ (भिडियोसहित)
काठमाडौं, २५ फागुन । गायक सुनिल गिरीले ’को होला त्यो १ र २’को सफलता पछि तेस्रो भाग बजारमा ल्याएका छन् । ’टोलाउँदै होला’ बोलको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।
गीतको शब्द र संगीत लाई गायक स्वयम् आफैले गरेका हुन् । उनलाई गायनमा टिका गुरुङ र बेनुका राईले साथ दिएका छन् । भने म्युजिक एजेन्ज रिकेश गुरुङले गरेका हुन् ।
को होला त्यो मसँग आँखा जुधाउने, नचिनेनि मसँग अलि लजाउने.. बोलको गीत र को होला त्यो २ (तिमि आउँछौं कि भनी मत कुरीरहेको लाकुरी फेदमुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआको किन होनि ?) को सफलतापछि उनले त्यसलाई निरन्तरता दिँदै को होला त्यो ३ सार्वजनिक गरेका हुन् ।
गीतमा अभिनेता पल शाह र क्रिश्टीना थापाको अभिनय रहेको गीतमा पवन सिम्खडाको छायाङ्कन रहेको छ । पहिलो गीतको भिडियोदेखि तेस्रो गीतसम्म मोडल पल शाहले अभिनयमा निरन्तरता दिएका छन् । पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठको अभिनय रहेको छ ।
सिक्किममा विभिन्न मनमोहक स्थानमा खिचिएको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायक सुनिलले बताए । अनिल के मानन्धरको निर्देशन र छायाँकनमा भिडियो तयार भएको हो ।