लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन


१३ आश्विन २०७८, बुधबार
Pradesh 5 fePYCokem7

रुपन्देही, १३ असोज । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।

प्रदेशसभाको नवौं अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७