हिन्दी धार्मिक सिरियल ‘रामायण’ मा रावण बनेका अभिनेता त्रिवेदीको निधन


२० आश्विन २०७८, बुधबार
raban

मुम्बइ, २० असोज । हिन्दी धार्मिक सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविंद त्रिवेदीको ८२ वर्षको उमेरम निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गए राति मुम्बइमा हृदयघातबाट निधन भएको हो । मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्ष भन्दा लामो समय सेवा गरे ।

हिन्दी फिल्म तथा अन्य सिरियलहरुमा पनि जोडदार अभिनय गरेका त्रिवेदीको रावणको भूमिका भने अतुलनीय रहेको छ । उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिंदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७