मोतिपुरमा सुकुम्बासी मारिएको घटनामा एमालेले माग्यो सरकारको जवाफ


२५ आश्विन २०७८, सोमबार
Khimlal Bhattrai

काठमाडौं, २५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बुटवलको मोतिपुर घटना सम्बन्धमा सरकारको जवाफ माग गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको शुरुमा बोल्दै एमाले संसदीय दलको प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाका सम्बन्धमा सरकारको जवाफ माग गरेका हुन् ।

प्रमुख सचेतक भट्टराईले आफ्नै गृह जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँणका मुकदर्शक बनेको आरोप लगाए । साथै उनले कुन नैतिकताले कुर्सीमा बसिरहेको भन्दै प्रश्न समेत उठाए । प्रमुख सचेतक भट्टराईले मोतीपुर घटनाको निष्पक्ष छानविन गर्न, घाइतेको उपचारको प्रवन्ध गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । घटनामा केही सुकुम्बासी र केही प्रहरी घाइते भएका छन् । घाइतेमध्ये ४ जना प्रहरीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७