सन्दीप लामिछाने बने आईसीसी ‘प्लेयर अफ द मन्थ’


२५ आश्विन २०७८, सोमबार
Sandeep Lamichhane ICC Player Of the Month

काठमाडौं, २५ असोज । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बरका लागि आईसीसीको ‘प्लेयर अफ द मन्थ’ बनेको छन् ।
बंगलादेशका नसुम अहमद र अमेरिकाका जस्करण मल्होत्रालाई पछि पार्दै लामिछानेले यस महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका हुन् ।

ओमानमा भएको आईसीसी विश्वकप लिग–२ मा ६ खेल खेलेका उनले १८ विकेट लिँदै ७.३८ को इकोनोमी राखेसँगै आईसीसीले उनलाई ‘प्लेयर अफ द मन्थ’ को नोमिनेसनमा राखेको थियो ।

लामिछानेले पपुपा न्यूगिनीविरुद्धको पहिलो खेलमा ३५ रन दिएर ४ तथा दोस्रो खेलमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए । महिलार्फको प्लेयर अफ द मन्थ भने इङल्याण्डकी स्किपर हेथर नाइट बनेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७