साफ उपविजेता खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ दिने


१ कार्तिक २०७८, सोमबार
246012169 2660842924062594 1442089857697334015 n

काठमाडौं, १ कातिक । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलो पटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७