प्रधानमन्त्री ओलीलाई दुई तिहाई विश्वासको मत, विपक्षमा ६० मात्र


२७ फाल्गुन २०७४, आईतवार
Kp sharma oli prime ministar of nepal
k|wfgdGqL cf]nL k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf cfˆgf] kIfdf ljZjf;sf] dt lbg cfu|x ug{‘x’Fb} . tl:a/M /Tg >]i7, /f;;

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई मत प्राप्त गरेका छन् । अाइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले २०८ सांसदको विश्वासको मत प्राप्त गरेको हो ।

Kp sharma oli prime ministar of nepal

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा जम्मा २६८ सांसद उपस्थित थिए । उपस्थित सांसद मध्ये विपक्षमा ६० मत दिए । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेको थियो भने नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको पक्षमा मतदान गरेको थिएन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर छन् ।
मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गरेको थियो भने सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गरेको थियो ।
प्रधानमन्त्रीले संविधानअनुसार प्रतिनिधिसभामा विश्वासको मत लिनुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरे ।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गतप्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

 प्रधानमन्त्री ओली विश्वासको मत माग्दै आफु देश विकासको नेतृत्व गर्न प्रधानमन्त्री भएको बताएका थिए । उनले भ्रष्टाचार नगर्ने र गर्न पनि कसैलाई नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ, लोकतन्त्रको पहरेदार, एकताको रक्षक, भ्रष्टाचार विरोधी सुशासनको अभियन्ता, विकासको नेतृत्व गर्न प्रधान मन्त्री बनेको हुँ ’ उनले भने ।

उनले आफुलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण  बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७