अंग्रेजी चलचित्र ‘डुन’ आजदेखि हलमा


१२ कार्तिक २०७८, शुक्रबार
ppppppppppppppppppppp1635245088

काठमाडौं, १२ कात्तिक । फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) बाट अंग्रेजी चलचित्र ‘डुन’ प्रदर्शनमा आएको छ । साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् ।

चलचित्रको छायांकन पक्ष अब्बल रहेको सिनेममा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय छ ।

नेपालमा टि फोक फिल्मसले वितरण गर्न लागेको यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ । अमेरिकामा यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ । अमेरिकामा समीक्षक र दर्शक दुबैले रुचाएको यो चलचित्रले नेपालमा पनि राम्रो ब्यापार गर्ने वितरकको अपेक्षा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७