म्यानमारमा बन्दीहरूलाई दिइएको यातनाको विषयमा छानविन गर्न अमेरिकाको माग


१२ कार्तिक २०७८, शुक्रबार
Capture1635496924

काठमाडौं, १२ कात्तिक । अमेरिकी विदेश मन्त्रालयले म्यानमारमा बन्दीहरूलाई यातना दिइएको विषयमा छानविन गर्न माग गरेको छ । एसोसिएट प्रेसले म्यानमारको सैनिकले देशैभर बन्दीहरूलाई यातना दिएको जनाएको थियो ।

संयुक्त राष्ट्रसंघको मावनअधिकार सम्बन्धी वरिष्ठ विज्ञले म्यानमारको सेनालाई कडा अन्तर्राष्ट्रिय दबाव दिन आह्वान गरेका छन् । महिला, बालबालिका, बन्दीहरू र रिहा भएका २८ जना मानिसहरूसँगको अन्तर्वार्ताको आधारमा एपीले गरेको अनुसन्धानका बारेमा कारबाही गर्न सांसदहरूले कंग्रेसलाई आग्रह गरेका छन् ।

गएको फेब्रुअरीमा सत्ता कब्जा गरेयता सेनाले १३१ जना बन्दीहरूलाई यातना दिएर मृत्युको मुखमा पुर्‍याएकोसहित १२ सय मानिसको हत्या भएको छ । एपीले बन्दीहरूको फोटोग्राफिक प्रमाण, रुपाकृति र पत्रहरू लगायतका ९ हजार गोप्य सूचनाको आधारमा रिपोर्ट तयार गरेको थियो । एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७