म्यानमारका ३० लाख बढीलाई ‘जीवन रक्षक’ सहायता आवश्यक : राष्ट्रसंघ


२३ कार्तिक २०७८, मंगलवार
madkfmdkgm1636445858

काठमाडौं, २३ कात्तिक । म्यानमारका ३० लाखभन्दा बढी नागरिकलाई ‘जीवन रक्षक’ सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिट्सले ३० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको लागि बिना अवरोध पहुँच दिन म्यानमारका सैनिक नेताहरूलाई आग्रह गरेका छन् ।

गएको फेब्रुअरीमा सैनिकले सत्ता कब्जा गरेयता बढिरहेको द्वन्द्व र असुरक्षा, कोभिड–१९ र असफल अर्थतन्त्रका कारण लाखौँ मानिस प्रभावित भएका छन् । राष्ट्रसंघ मानवीय सहायता प्रमुख ग्रिफिट्सले हिंसाको अन्त्य र शान्तिपूर्ण समाधान नभए यो संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । उनले मानवीय सहायताका लागि आवश्यक ३८५ डलर मिलियनको आधा मात्र उठेको भन्दै राष्ट्रसंघको अपिललाई सम्बोधन गर्न दाताहरूलाई पनि आग्रह गरेका छन् । एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७