जनगणनाका लागि ४० हजार गणक भोलिदेखि घर–घरमा पुग्दै, सोध्ने छन् ८० प्रश्न

एउटा परिवारको तथ्यांक लिन ३० मिनेट लाग्ने


२४ कार्तिक २०७८, बुधबार
Janagadana

काठमाडौं, २४ कात्तिक । १२ औं राष्ट्रिय जनगणना भोलि (बिहीबार) देखि शुरु हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र भोलिदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।

adkfmkdgm1636529576

सो क्रममा देशभर ४० हजार गणक परिचालन हुनेछन् भने आठ हजार ५०० सुपरिवेक्षक सहभागी हुनेछन् । विभागले ती सबैलाई तालिम दिने काम सम्पन्न गरिसकेको छ । पहिलो पटक सामुदायिक प्रश्नावली पनि समावेश गरिएको र यो कार्यले वडा तहको तथ्यांक पनि संकलन हुने उनले बताए । जनगणनाका ८० वटा प्रश्न छन् । स्थानीय तहबाट पनि तथ्यांकको धेरै माग भएकाले प्रश्न धेरै भएको उनले स्पष्ट पारे ।

एउटा परिवारको तथ्यांक लिन ३० मिनेट लाग्ने
केन्द्रीय तथ्यांक विभागले भोलि (बिहीबार) देखि सुरु हुने राष्ट्रिय जनगणना कार्यमा एउटा परिवारको तथ्यांक संकलन गर्न करिब ३० मिनेट लाग्ने जनाएको छ । जनगणना कार्यका लागि ४० हजारजना गणक परिचालन हुँदै छन् ।

८० वटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । एक जना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुने विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७