महँगीको मार, चुलो बाल्नै सकस


२९ कार्तिक २०७८, सोमबार
money

काठमाडौं, २८ कात्तिक । अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा कम छैन । उनी पनि घरघरमा भाडा र लुगा कपडा धोएर छोराछोरी पाल्छिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’

अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ । दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।

प्रतिदिन मूल्य अकासिँदै गर्दा सरकार मौन बसिरहेको सर्वसाधारणको गुनासो छ । बजार अनुगमन नियमक निकाय समेत ‘बजार मूल्य के कारण वृद्धि भएको हो ?’ भन्ने बुझ्न अनुगमनमा निस्केको पाइएको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७