सिटी एक्सप्रेसले गर्यो बाँकी पाँचजना लखपतिको नाम घोषणा


२ मंसिर २०७८, बिहीबार
city1637234234

काठमाडौं, २ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ। साथै यो योजना सम्पन्न भएको छ।

सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ। कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गरेको थियो। जसमा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेसियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन लखपति बन्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना ९कुल ६१ जना० विजेतालाई १० हजार उपहार प्रदान गरेको छ।

हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन्। कम्पनीकाअनुसार यस ‘सिटी आयो लखपति बनायो’ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म चलेको थियो। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सबै सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७