के प्रियंका चोपडाको डिभोर्स हुन लागेको हो ?


७ मंसिर २०७८, मंगलवार
Priyankaandnick1 20211123121047

मुम्बइ, ७ मंसिर । अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालहरुबाट आफ्नो पतिको थर हटाएकी छिन् । तीन वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनले लगत्तै आफ्नो थर पछाडि जोनस झुण्ड्याएकी थिइन् ।

Priyanka Nick Gfso5xTT0I

केही दिनअघि उनले जोनस थर हटाएकी थिइन् । जोनस थर हटाए लगत्तै प्रियंका र निकबीच दूरी बढेको अनुमान गर्न थालिएको छ । कतिपयले यी जोडीको डिभोर्स समेत भइसकेको चर्चा गरिरहेका छन् भने कतिपयले डिभोर्सको तयारीमा रहेको बताइरहेका छन् ।
के साँच्चै यी दुईबीच दूरी बढेको हो ? वा यी जोडी सम्बन्ध विच्छेद गर्दैछन् ? यसबारे दुवैले केही बोलेका छैनन् । तर प्रियंकाले पतिको थर हटाएपछि धेरै अडकलबाजी भने भइरहेका छन् ।

priyanka status LphOvUnMvh

प्रियंकाका आमा मधुले भने यस्ता समाचारको खण्डन गरेकी छन् । उनले यो सबै अफवाह भएको र हल्लाको पछि नलाग्न सबैलाई अपिल गरेकी छन् । यसअघि प्रियंका र निक गएको तिहारमा एकसाथ देखिएका थिए । दुवै जना मिलेर घरमा दीपावली गरेका थिए । प्रियंका र निक बलिउडमा मात्र होइन, हलिउडमा समेत चर्चित जोडीमा पर्छन् । त्यसैले उनीहरूको सम्बन्धमा खटपट भएको हो कि भन्ने हल्ला अहिले हलिउडसम्म पुगेको मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७