रहेनन् भौतिकशास्त्री स्टिभन हकिङ


३० फाल्गुन २०७४, बुधबार
stephen hawking
Starmus science and arts festival. Professor Stephen Hawking at The Royal Society in London during a press conference previewing the Starmus science and arts festival taking place in Norway next month. Picture date: Friday May 19, 2017. See PA story SCIENCE Hawking. Photo credit should read: Philip Toscano/PA Wire URN:31371585

एजेन्सी: वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ।

 

stephen hawking

हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनको मृत्युको कारणबारे भने खुलाइएको छैन। बेलायतका हकिङ ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तमा उनले दिएको योगदानका लागि प्रसिद्ध छन्।

आइन्सटाइनले ब्याख्या गर्न नसकेका कतिपय भौतिक शास्त्रका कुरालाई हकिङले ब्याख्या गरिदिएका थिए। उनले ब्ल्याक होल र बिग ब्यांग सिद्धान्तको पनि ब्याख्या गरेका थिए। अल्बर्ट आइन्सटाइनपछि विज्ञानको क्षेत्रमा योगदान गर्ने वैज्ञानिकहरूमध्ये हकिङ अग्रपंक्तिमा पर्छन्। उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत थुप्रै विज्ञानसँग सम्बन्धित पुस्तक लेखेका छन्। सन् १९८८ मा प्रकाशित भएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ एक करोडभन्दा बढी प्रति बिक्री भएको थियो। सन् १९४२ मा अक्सफोर्डमा जन्मिएका हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी रोग लागेको थियो।
यो सन् १९६३ को कुरा हो।

त्यतिबेला चिकित्सकले उनलाई बढीमा २ वर्षमात्र बाँच्ने बताएका थिए। उनका शरीरका कुनै पनि अंग चल्दैनथे। उनी बोल्न पनि सक्दैनथे। उनको गालाको एउटा मांशपेशीको मद्दतले बोल्ने ‌औजार (स्पिक जेनेरेटिङ डिभाइस) प्रयोग गरी आफ्ना कुरा भन्ने गर्थे। हकिङले विज्ञानको अध्ययन र खोजलाई निरन्तरता दिइरहे। सन् २०१४ मा बनेको फिल्म ‘द थेउरी एभ्रिथिङ’ उनको जीवनमा आधारित थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७