एमाले महाधिवेशन : बिहान ६ बजेसम्म ७२० मत खस्यो, एकपल्टमा ६९ जनाले भोट हाल्दै

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्रतिष्पर्धा


१४ मंसिर २०७८, मंगलवार
261750471 577316973331675 2308091842040958412 n

चितवन, १४ मंसिर । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अहिले मतदान चलिरहेको छ । मंगलवार सवा ६ बजेसम्म ७२० जनाले मतदान गरेका छन् भने एकपल्टक ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हालिरहेका छन् । यहि रफतारमा भोटिङ भए लगभग ३ घण्टामा मतदान सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

262468479 4276874702424404 1450943974974052617 n

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्ने छन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७