देउवाले बोलाएको कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक पौडेलले बहिष्कार


२३ मंसिर २०७८, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको अन्तिम केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गर्ने भएका छन् । महाधिवेशन शुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिष्कार गर्ने बताएका छन् । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य नहुने बताएका छन् ।

बैठक बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको भए पनि नेताहरु आन्तरिक छलफलमा व्यस्त हुँदा एक बजेसम्म शुरु हुन सकेको छैन । बैठकबाट विधान परिवर्तन गर्दै सहमहामन्त्री पद थप्ने तयारी संस्थापन पक्षको छ । तर पौडेलले त्यसलाई अस्वीकार गरेका हुन् ।

आजै बिहान काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पौडेललाई भेट्न पुगेका थिए भने सो क्रममा उनले विधान परिवर्तन गर्ने तयारीमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ । शुक्रबारदेखि शुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आसन्न महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दै छन् । संस्थापन इतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन । प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको दावी नछोडेपछि पौडेल समूहमा साझा उम्मेद्वार तय गर्न सकस परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७