सागर फुयालका दुई गीत


२३ मंसिर २०७८, बिहीबार
Sagar phuyal

तिम्रो सामुन्ने छु

  • सागर फुयाल

मलाई नै संझिएर बसेकी भए लौ
चिम्लिई हेर आँखा, म तिम्रो मुटुमै छु,
आफूलाई सजाई बसेकी भए लौ
उघार ति आँखा, म तिम्रो सामुन्ने छु।

भेष र परिवेश सोचेजस्तो हुन्न सधै
देश र परदेश खोजेजस्तो हुन्न सधै,
मलाई कुरी बाटो हेरी बसेकी भए लौ
भावनाको संसार तिम्रो हेर्न आउने छु,
आफूलाई सजाई बसेकी भए लौ
उघार ति आँखा, म तिम्रो सामुन्ने छु ।

सोच र अफसोच भावना हो बेग्ला बेग्लै
होस र मदहोस कामना हो बेग्ला बेग्लै,
मलाई खोजी दुस्ख भूलि बसेकी भए लौ
मदहोस मै मुहार तिम्रो हेर्न आउने छु,
आफूलाई सजाई बसेकी भए लौ
उघार ति आँखा, म तिम्रो सामुन्ने छु ।

खोज्न मन लाग्यो

आज आफ्नै जीवनको सार खोज्न मन लाग्यो
जीवन जीउँने कसरी हो आधार खोज्न मन लाग्यो ।

सुरम्य हीमाल, छङ छङ झरना रमेकै तिम्रा लागि
कुनाकन्दरा, छहरा अनि पहरा बनेकै तिम्रा लागि,
मलाई भने छटा यीनै निस्सार देख्न मन लाग्यो
जीवन जीउँने कसरी हो आधार खोज्न मन लाग्यो ।

घाम उदाउँछ, मुस्कुराउँछ जून, सबै तिम्रा लागि
उन्मुक्तिका गीत गाउँछन् चराहरु, सबै तिम्रा लागि,
मलाई त घाम, जून सबैमा ग्रहण देख्न मन लाग्यो
जीवन जीउँने कसरी हो आधार खोज्न मन लाग्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७