सिभिल बैंकको ३ अर्बको ऋणपत्र मंसिर २४ बाट निष्कासन हुने, १०.२५ % ब्याज पाइने


२३ मंसिर २०७८, बिहीबार
cival bank

काठमाडौं, २३ मंसिर । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले २४ मंसिरदेखि ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुकोे लागि विक्री खुल्ला गर्ने भएको छ ।

बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति इकाई एक हजार रुपैयाँ अंकित मूल्यका ३० हजार लाख कित्ता डिबेन्चरले हुन आउने ३ अर्ब बरावरको कुल डिवेन्चर मध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात् रु। १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिबेन्चरले हुन आउने रु १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

कम्पनीका अनुसार सर्वसाधारणहरुले कम्तिमा २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई किनबेचसमेत गर्न सकिनेछ । सर्वसाधारले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि–आस्बा (सी–आस्वा) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुनेछ ।

बैंकले निष्काशन गर्न लागेको डिबेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिबेन्चरहरुको औसत ब्याजदरभन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याजदर भन्दा पनि उच्च रहेको छ । यसका साथै अन्य धेरै डिबेन्चरभन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ ।

सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिबेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७