२०७८ मंसिर २४ गते शुक्रबारको तपाईको राशिफल

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस


२४ मंसिर २०७८, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इच्छा र आकांक्षा पूणर् होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको व्यक्तिसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मित्रबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । प्रेम सम्बन्ध पनि ठिकै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मन मिल्ने प्यारो साथीसँग भेट होला । नयाँ काम सुरु गर्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्रतिष्ठित काम सुरु गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महत्वपूणर् अवसर गुम्न सक्छ । सौन्दर्यतामा र साँझमा अधिक पैसा खर्च हुने योग छ, आफन्तको सल्लाह लिनु नै उचित हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आकस्मिक धन लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता पनि भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा पनि सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वा मित्रबाट सहयोग मिल्ने र प्राविधिक कार्यमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अरुको भर पर्दा धोका पाइनसक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । धनमाल पनि हराउन सक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७