१४ लाख ५७ हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप आज आउँदै


२ पुष २०७८, शुक्रबार
vaccine johnson

काठमाडौं । नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत खोप उपलब्ध गराएको हो ।

२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ । यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७