चर्चित जापानी अभिनेत्रीको होटेलबाट खसेर निधन


५ पुष २०७८, सोमबार
Japanese Actress 20211220100251

काठमाडौं । चर्चित जापानी अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको होटलबाट खसेर निधन भएको छ । उनको शनिबार साँझ साप्पोरो होक्काइदोस्थित एक होटलबाट खसेर निधन भएको हो । ३५ वर्षीया कान्डाको मृत्युबारे उनको कार्यालयले आइतबार जानकारी दिएको हो ।

उनको कार्यालयका अनुसार २२ तले होटलको १४ औं तलामा बसेकी उनी बसेको फ्लोरमा सामान्य रुपमा चिप्लिएर लडेकी थिइन् ।
चिप्लिएर घाइते भएकी उनको अस्पताल पुर्‍याउने क्रममा निधन भएको क्योडो न्युजमा खबर छ । कान्डाले आत्महत्या गरेको हो या लडेरै मृत्यु भएको हो भन्नेबारे प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

कान्डा ७० वर्षीया जापानी अभिनेता मासाकी कान्डा र ५९ वर्षीया सेइको मासुडाकी छोरी हुन् । मृतक कान्डाले चर्चित डिज्नि एनिमेटेड फिल्म ‘फ्रोजन’ मा एन्ना पात्रको रुपमा आवाज दिएकी थिइन् । २० वर्षको उमेरदेखि आफ्नो अभिनय र गायन यात्रा थालनी गरेकी कान्डाले ‘ग्यालेक्सी एक्सप्रेस ९९९’मा अभिनय गर्ने योजना बनाएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७