ताप्लेजुङ समाजले काठमाडौंमा मनायो ‘चासोक तङ्नाम’ हेर्नुहोस् २० तस्बिरमा


१२ पुष २०७८, सोमबार
taplejung chosok tongnam

काठमाडौं, ११ पुस । ताप्लेजुङ समाज नेपालको आयोजनामा काठमाडौँमा शनिबार लिम्बुहरुको सांस्कृतिक चाड चासोक तङ्नाम मनाइएको छ ।

एस आर बेङक्वेट धुम्बाराहीमा भएको कार्यक्रममा प्रमुख अतिथी बैरागी काइँला विशिष्ट अतिथी योगेश भट्टराई रहेको थिए । कार्यक्रममा साँस्कृतिक झाँकी, धाननाच, बिजुवानाच, च्याब्रुङ नाच, स्यार्‍बो नाच, तामाङ सेलो, साकेला र बालन तथा संगिनी नाचसमेत प्रस्तुत गरिएको हो ।

चासोक तङ्नाम chosok tangnam 26


कमेडी च्याम्पियन सिजन २ भरतमणी पौडेल , सगरमाथा आरोही तथा बिश्व जलबायु परिवर्तन अभियन्ताद्वय बाबू छोरा पुर्ण कुमार शेर्पा र छोरा सोनाम शेर्पा,बिपन्नका लागि स्वास्थ नेपालका अध्यक्ष रत्न थापा, बिश्वब्यापी अनलाइन हाक्पारे प्रतियोगिता बिजेता अमरजङ्ग केदेम ,मिस मङ्गोल फर्स्ट रनरअप प्रीया मादेन लिम्बु पालामका बिजेता सुनिता लाबुङ र शान्तिराम खरेललाई समाजले सम्मान गरेको हो ।

यसैगरी ताप्लेजुङका मौलिक उत्पादन ढाका कपडा, राडी, पाखी, गलैंचा, छुर्पी र अलैंचीका स्टल रहेको थियो । काठमाडौंमा रहेका ताप्लेजुङवासीबीच एकता कायम गर्दै संस्कृति प्रवद्र्धनका लागि सामूहिक रुपमा चासोक मनाएको समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फे जानकारी दिए ।

तस्बिरहरु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७