म्यानमार सेनाले ३५ निर्दोष नागरिकको हत्या र दुई कर्मचारी बेपत्ता बनाएको आरोप


१२ पुष २०७८, सोमबार
myanmar 2 0ydQgLr2IU

काठमाडौं । बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले म्यानमारमा आफ्ना दुई कर्मचारी बेपत्ता भएको बताएको छ । पछिल्लो दुई दिनयता उनीहरु सम्पर्कमा नआएको सेभ द चिल्ड्रेनको भनाइ छ ।

लण्डनमा मुख्यालय रहेको संस्थाका अनुसार म्यानमारको सेनाले शुक्रबार काया राज्यमा ३५ भन्दा धेरै आम नागरिकको चरमपन्थी भन्दै हत्या गरेको थियो । हत्यापछि उनीहरुको शव जलाइएको सेभ द चिल्ड्रेनको भनाइ छ । संस्थाका अनुसार यो घटनामा कम्तीमा ३८ जना मारिएका छन् । उनीहरुमध्ये अधिकांश शव बरामद गरिएको छ । संस्थाका अनुसार मानिसहरुलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेर हत्या गरी शव जलाइएको थियो ।

हत्या गरिएका मानिसहरुमा महिला र बालबालिका पनि रहेको सेभ द चिल्ड्रेनको भनाइ छ । सेभ द चिल्ड्रेनका अनुसार संस्थाका कर्मचारीहरु आफ्नो काम सकेर बिदा मनाउन घर फर्किदै गरेको अवस्थामा पक्राउ परेको थिए । त्यसयता उनीहरु बेपत्ता छन् । उनीहरुको निजी गाडीमा पनि सेनाले आक्रमण गरी आगजनी गरेको छ । म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७