माओवादीले पाँच मन्त्रीको नाम टुङ्ग्यायो, विना मगरलाई खानेपानी मन्त्रालय


२ चैत्र २०७४, शुक्रबार
Bina magar 1 2

काठमाडौं,२ चैत । माओवादी केन्द्रले सरकारमा पठाउने पाँच मन्त्रीको टुङ्ग्याएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने नाम टुग्याएर पाँच नेताहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।Bina magar 1 2

माओवादीबाट यसअघि यसअघि अर्थमन्त्री बनिसकेका वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । भने गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बनेका छन् ।

यसैगरी यसअघि गृहमन्त्री बनिसकेका शक्ति बस्नेतलाई वन मन्त्री र चक्रपाणि खनाल कृषि तथा शहकारी मन्त्री बन्ने भएका छन् ।

यस्तै नेता विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वा्चित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् ।

यो पनि पढ्नुहोस्
एमालेले छान्यो ६ मन्त्री, लालबाबुलाई सामान्य प्रशासनको जिम्मा

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७